किन तानिए एसपी कँडेल हेडक्वार्टर !



काठमाडौं । नवलपरासी पश्चिमका प्रहरी प्रमुख एसपी ऋषिराम कँडेल प्रहरी प्रधान कार्यालयमा तानिएका छन् ।

आर्थिक अनियमितताबारे गुनासो आएपछि छानबिनका लागि प्रहरी प्रधान कार्यालय नक्सालमा तानिएको बताइएको छ । अनियमितताको उजुरी परेपछि छानबिनका लागे हेडक्वार्टरमै तानेर अनुसन्धान गरिने गरी उनलाई तानिएको जनाइएको छ । उनको स्थानमा कसलाई पठाउने निर्णय भने भइनसकेको पनि जनाइएको छ ।

उनी यसअघि कपिलवस्तुबाट ४ महिनामै र नवलपुरबाट नौ महिना पुग्दा नपुग्दै सरूवा भएका (एसपी) मनोज यादवको स्थानमा गत चैतमा सरूवा भएर गएका थिए । सामान्य तया जिल्ला नेतृत्वको अवधि १ वर्षको हुने भएता पनि नवलपुरमा प्रहरीका जिल्ला नेतृत्व टिक्न सकेका छैनन् ।