घरबिदामा गएका इन्स्पेक्टर राई सुतेकै ठाउँमा मृत भेटिए

ओखलढुङ्गा । ईलाका प्रहरी कार्यालय खिजिफलाटेका प्रहरी प्रमुख प्रहरी निरिक्षक श्रीप्रसाद राई मृत भेटिएका छन् । राई आफ्नै घरमा मृत भेटिएका हुन् ।

ओखलढुङ्गाको खिजिफलाटेमा कार्यरत राई पारिवारिक भेटघाटका लागि केहिदिन अगाडी मात्र घर विदामा गएका थिए । घर विदामा गएका राईको घर सोलुखुम्बु जिल्लाको वासा हो ।

सोमबार बेलुका साथिभाइसँग रमाईलोका साथ खानपिन गरेर सुतेका राई विहान आफ्नै ओछ्यानमा मृत भेटिएको राईको परिवारले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुकदेव खनालले जानकारी दिए । आफुले घटनाको बारेमा परिवारसँग बुझ्दा राईले साथिभाइसँग रहेर साेमबार बेलुका राम्रैसँग खानपिन गरेर सुतेको तर मंगलबार विहान मृत भेटिएको जानकारी गराएको प्रहरी प्रमुख खनालले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *