घाँटीमा पटुकाले बाँधेर श्रीमानलाई झुण्ड्याएपछि…
सन्धिखर्क । अर्घाखाँचीमा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छन् ।
जिल्लाको छत्रदेव गाउँपालिका वडा न. १ तुमचौरकी लक्ष्मी नेपालीले ७७ वर्षीय श्रीमान् बलबहादुर सार्कीको हत्या गरेकी हुन् ।
मंसिर २४ गते साँझ झगडा हुँदा बलबहादुरले लक्ष्मीलाई कुटपिट गरेको र सोही रिसले लक्ष्मीले आफ्नो पटुकाले श्रीमानको घाँटीमा पासो लगाएर मारेको बयान दिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरे जानकारी दिए ।
प्रहरीका अनुसार लक्ष्मीले पासोबाट शव निकाली भुँइमा राखी पटुका आफ्नो कम्मरमा बाँधी आफूलाई श्रीमानले कुटपिट गरेको भन्दै गुहार मागेकी थिइन । सार्की दाम्पतिले झगडा हुनु पहिले रक्सी पिएका थिए ।
लक्ष्मी नेपालीलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत अर्घाखाँचीबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाएको छ ।