यी हुन् गण्डकीबाट प्रतिनिधिसभा र प्रदेशसभामा छानिएका ३२ समानुपातिक सांसद (नामसहित)

कास्की – केन्द्रीय राजनीतिकका प्रमुख दलले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट आफ्नो पार्टीले समानुपातिक तर्फ पाएको सिट संख्याका आधारमा सांसद सिफारिस गरेका छन् ।

शनिबार पार्टीको केन्द्रीय समिति बैठकले निर्वाचनबाट प्रत्यक्षतर्फ पहिलो र समानुपातिक तर्फ दोस्रो बनेको नेपाली कांग्रेसले ३२ जनाको नाम सिफारिस भएको हो । यसमध्ये प्रतिनिधिसभा तर्फ कांग्रेसले गण्डकी प्रदेशबाट ३ जनाको नाम सिफारिस गरेको छ ।

प्रत्यक्ष निर्वाचनमा दोस्रो र समानुपातिक तर्फ पहिलो बनेको नेकपा एमालेले ३४ जनाको नाम सिफारिस गरेका छ । यसमध्ये प्रतिनिधिसभा तर्फ गण्डकी प्रदेशबाट २ जना सिफारिस भएका छन् ।
यस्तै, निर्वाचनबाट प्रत्यक्ष र समानुपातिक दुवै तर्फ तेस्रो बनेको माओवादी केन्द्रले पनि १४ जना सांसदको नाम निर्वाचन आयोगलाई सिफारिस गरेको छ । गण्डकीमा प्रतिनिधिसभा तर्फ माओवादीबाट १ जना सिफारिस भएका छन् ।

पहिलो पटक निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफूले समानुपातिक तर्फ पाएको १३ जनाको नाम सिफारिस गरेको हो । यसमध्ये गण्डकीबाट २ जना पुरुषको नाम सिफारिस गरेको हो ।

यस्तै, पाँचौं दल बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि आफूले पाएको ७ जना समानुपातिक सांसदको नाम सिफारिस गरेको हो । जसमध्ये गण्डकीबाट कोही पनि परेनन् ।

यस्तो छ गण्डकी प्रदेशबाट  समानुपातिक सांसद ?  (सूचीसहित)
नेपाली कांग्रेस 
प्रतिनिधिसभा तर्फ 
१.जीवन परियार
२.कुसुम थापामगर
३.रेनुका काउचा

प्रदेश सभातर्फ 
१. दिलमाया पौबी
२. टीकाकुमारी बस्याल
३. विमला गौचन
४. रेखा गुरुङ
५. सरस्वती गुरुङ
६. पार्वती तामाङ
७. सरस्वती अर्याल तिवारी
८. चम्पादेवी खड्का
९. कल्पना तिवारी

नेकपा एमाले
प्रतिनिधिसभा तर्फ
१.एकनाथ ढकाल
२.देवी भट्टचन

प्रदेशसभा तर्फ 
१.यसोदा रिमाल
२. देवका पहारी त्रिपाठी
३.कृष्णप्रसाद पाठक
४.प्रकाश केसी
५.विना थापा
६.निर्मला थापा
७.राजकुमारी भुजेल
८.लिलाबहादुर थापा
९.नन्दकला दमाई
१०.गोविन्दबहादुर नेपाली

माओवादी केन्द्र
प्रतिनिधिसभा तर्फ
१. हितराज पाण्डे (पुरुष)

प्रदेशसभा तर्फ
१.दमयन्ती रुचाल
२. कुसुम बुढा मगर
३.सुशीला सिम्खडा

राष्ट्रिय स्वतन्त्र पार्टी 

प्रतिनिधिसभातर्फ-
१.डा.ढाकाकुमार श्रेष्ठ
२. शिव नेपाली

राप्रपा

प्रतिनिधिसभातर्फ

प्रदेशसभातर्फ 

१.पञ्चराम गुरूङ ​

२.​बिन्दु पहाडी

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *