तीब्रगतिमा तोसिमा !

एमालेका अमृत खड्काले ६६४३ र गठबन्धनकी पम्फा भुषालले ३७५० मत ल्याउँदा तोसिमाले ल्याइन् ९४०३ मत



ललितपुर । डा. तोसिमा कार्कीले प्रतिस्पर्धीलाई धेरै पछाडी छाडेकी छिन् । ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएकी डा. तोसिमाले पछिल्लो मतगणना अनुसार प्रतिस्पर्धीभन्दा धेरै मतले अग्रता लिएकी छिन् ।

ललितपुर ३ मा अहिलेसम्म २२ हजार ६ मत गणना गरिएकोमा तोसिमाले ९ हजार ४ सय ३ मत प्राप्त गरेकी छिन् भने निकटतम प्रतिस्पर्धी एमालेका अमृत खड्काले ६ हजार ६ सय ४३ मतमात्र ल्याएका छन् । यसरी हेर्दा तोसिमा खड्का भन्दा २ हजार ७ सय ६० मतले अगाडि रहेकी छिन् ।

त्यस्तै अर्की प्रमुख प्रतिस्पर्धी गठबन्धकी पम्फा भुषालले ३ हजार ७ सय ५० मत ल्याएकी छिन् । भुषालभन्दा तोसिमा ५ हजार र६ सय ५३ मतले अगाडि रहेकी छिन् ।

पछिल्लो समय ललितपुर महानगर क्षेत्रभित्रको मतगणना जारी रहेकोले तोसिमाले एकाएक मतान्त बढाउँदै लगेकी हुन् । पछिल्लो समयको मतअनुसार तोसिमाले अन्य सबै उम्मेदवारहरुको भन्दा पनि धेरै ल्याउने आंकलन गर्न सकिन्छ ।

पछिल्लो तथ्यांकअनुसार एमाले र गठबन्धनका उम्मेदवार दुवैको मतभन्दा तोसिमाको मत ९९० मतले कम छ । अर्थात् दुवै उम्मेदवारको मत जोड्दा १० हजार ३९३ मत रहेको छ ।