नेपालमा थपिए ९ जना कोरोना संक्रमित, देशभर सक्रिय संक्रमितको संख्या ४९९

काठमाडौं । नेपालमा गत २४ घन्टामा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशभरबाट १४२५ नमूना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ६७२ र एन्टिजेनबाट ७५३ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ८ र एन्टिजेनबाट १ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयका अनुसार थप २३ जना कोरोनामुक्त भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ४९९ पुगेको छ।

नेपालमा गत २४ घन्टामा देशभर ८०४९१ जनाले कोरोनाविरूद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *