यस्तो देखियो अमेरिकी फोटोग्राफर कितियाको क्यामेरामा सगरमाथा आधारक्षेत्रको हिउँ चितुवा (तस्बिरहरू)



काठमाडौं — सगरमाथा क्षेत्रको ५ हजार मिटरभन्दा अग्ला ठाउँमा एक अमेरिकी फोटोग्राफरले हिउँ चितुवाको फोटो खिचेकी छिन् ।

अमेरिकी फोटोग्राफर कितिया पावलोभ्स्कीले सगरमाथा क्षेत्रमा ५००० मिटर भन्दामाथि पुगेर हिउँ चितुवाका केही सुन्दर दृष्यहरू आफ्नो क्यामेरामा कैद गरेको नेपालस्थित अमेरिकी दूताबासको सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिएको छ ।

कितियाले आफ्नो वेबसाइटमा सगरमाथा आधारक्षेत्रमा खिचिएका तस्बिरहरु राखेकी छिन् ।

उक्त तस्बिर सार्वजनिक गर्दै फोटोग्राफर कितियाले पुमोरी हिमालको छायाँमा आफूले खोजेको ‘चिज’ फेला पारेको बताएकी छिन् । उनले खुम्बु उपत्यकाबाट उक्त तस्बिर खिचेको उल्लेख गरेका छिन् ।

त्यस्तै उनको क्यामेराबाट डाँडामा बसिरहेको हिउँ चितुवा क्याप्चर भएको छ । उक्त तस्बिर अक्टोबर ९ को बिहान चार बजेको समयमा खिचेको उनले बताएका छिन् ।

(प्रकाशित तस्बिरहरू अमेरिकी दूतावास नेपालको आधिकारिक फेसबुक पेजU.S. Embassy, Nepal बाट साभार गरिएको हो ।)