प्रधानसेनापति शर्माले लगाइदिए बढुवा भएकालाई दर्ज्यानी

काठमाडौं – नेपाल सरकार, मन्त्रिपरिषद्को  २०७९ कार्तिक १६ गतेको निर्णय अनुसार, नेपाली सेनाको रथी दर्जामा पदोन्नति भएका वरिष्ठ उपरथी सिताराम खड्कालाई प्रधान सेनापति महारथी  प्रभुराम शर्माबाट २०७९ कार्तिक १८ गते जङ्गी अड्‌डामा आयोजित कार्यक्रमकाबीच रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

रथी दर्जामा पदोन्नति भएका रथी  सिताराम खड्का बलाध्यक्षमा नियुक्त  भएका छन् ।

मन्त्रिपरिषद्को सोही निर्णय बमोजिम नेपाली सेनाको उपरथी दर्जामा पदोन्नति  भएका सहायक रथीद्वय  विजय थापा र सहायक रथी आश बहादुर तामाङ्ग पीएच.डी.लाई प्रधान सेनापति महारथी शर्माबाट आजै उपरथी दर्जाको दर्ज्यानी चिन्ह समेत प्रदान गरिएको छ ।

पदोन्नति भएका उपरथी  विजय थापा सुदूरपश्चिम पृतना हेड क्वार्टरका पृतनापति र उपरथी  आश बहादुर तामाङ्ग पिएच।डि। नेपाली सैनिक वार कलेजका शिक्षाध्यक्षमा नियुक्त भएका छन् ।

उक्त दर्ज्यानी चिन्ह प्रदान कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थित रहेको नेपाली सेनाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *