सेनाको बालाध्यक्ष रथीमा सिताराम खड्काको बढुवा



काठमाडाैं ।  नेपाली सेनाका उपरथी सिताराम खड्का रथीमा बढुवा भएका छन् ।

खड्कालाई सैनिक मुख्यालय जंगी अड्डाको सिफारिस र रक्षा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्काे बैठकले बढुवा गरेको हो ।

उपरथी खड्का नेपाली सेनामा प्रधानसेनापति प्रभुराम शर्मापछिको जिम्मेबारीमा रहेका भाइस चिफ अफ आर्मी स्टाफ बलाधिकृत रथी बालकृष्ण कार्की अवकाशमा गएपछि उनको स्थानमा बढुवा भएको हो । बढुवासँगै खड्र्काको कार्यकाल एकवर्षको हुनेछ ।

बलाधिकृत रथी कार्कीको अवकाशसँगै बलाध्यक्ष रथी सरोजप्रताप राणालाई उनको जिम्मेबारीमा लगिने भएको छ । राणालाई बलाधिकृत रथीको जिम्मेबारी दिइदैछ ।

यस्तै सहायक रथीहरु विजय थापा र आशबहादुर तामाङको उपरथीमा बढुवा भएको छ । उपरथी खड्का र गोकुल भण्डारीको रिक्त हुने उपरथी पदका लागि सहायक रथी थापा र तामाङको बढुवा भएको हो ।

बढुवा भएका थापा सैनिक कल्याणकारी महानिर्देशनालय( काज सुदूर पश्चिम पृतना ) मा र तामाङ नेपाली सैनिक वार कलेजमा कार्यरत रहेका छन् ।

यस्तै महासेनानीहरु सुनिल घले, ललित कुँवर, मोहन क्षेत्री, धन थापा, रोशन खड्का र सोवेन्द्र महतको सहायक रथीमा बढुवा भएको छ ।