

बीओपीमा कार्यरत सशस्त्र प्रहरी जवान श्रेष्ठ झुण्डिएको अवस्थामा फेला

सिरहा । सिरहामा सशस्त्र प्रहरीका एक जवानको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ ।
जिल्लाको सिरहा नगरपालिका २१ लगडीगोठ वीओपीमा कार्यरत उदयपुरको ताप्ली गाउँपालिका ३ का २६ वर्षीय गिरिजानारायण श्रेष्ठको शव फेला परेका हुन् ।
घटनाबारे पुष्टि गर्दै सशस्त्र प्रहरी बल ७ नम्वर गण हेडक्वाटरले नेपाल प्रहरीलाई अनुसन्धानको जिम्मा लगाइसकेको जनाएको छ ।
घटनाको प्रकृति मुचुल्का उठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।