सशस्त्र आईजी अर्याल अमेरिकातर्फ, एआईजी पौडेललाई निमित्तको जिम्मेवारी

काठमाडौं – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल यहि भाद्र १५ गते देखि १७ गते (अगस्ट ३१ देखि सेप्टेम्बर २) सम्म संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा संचालन हुन गइरहेको तेश्रो United Nations Chiefs of Police Summit (UNCOPS) मा सहभागी हुन सोमबार अमेरिका प्रस्थान गरेका छन् ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक तथा सशस्त्र प्रहरी बरिष्ठ अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा हार्दिक बिदाइ गरेका थिए ।

यसैबीच महानिरीक्षक अर्यालको अनुपस्थितिमा निमित्त महानिरीक्षकको जिम्मेवारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सम्हाल्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *