सुनुवार महिलाले पाए नयाँ नेतृत्व, लामोसमयपछि पाँचाैं राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौं । सुनुवार महिला समाज (सुमस)को पाँचौ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले शोभा सुनुवारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

लामो समयको अन्तरालपछि सुनुवार सेवा समाज संघीय समितिको केन्द्रीय कार्यालयमा भएको राष्ट्रिय सम्मेलनमा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा नासोच सिर्जना सुनुवार (काःत, ओखलढुंगा), सचिव सपना सुनुवार (कुपिण्डे, रामेछाप), कोषाध्यक्ष कमला सुनुवार (खिँची, ओखलढुंगा) रहेका छन् । त्यस्तै सदस्यमा गंगाकुमारी सुनुवार (गोलबजार, सिरहा), देवकुमारी सुनुवार (इलाम), रेजिना सुनुवार (साब्रा, रामेछाप), पारु सुनुवार (कोटेश्वर, काठमाडौं), सावित्री सुनुवार (भक्तपुर), सुप्रिमा सुनुवार (चुलेप, बुज, रामेछाप), सिमा सुनुवार (रश्नाइलु, रामेछाप) रहेका छन् ।

लक्ष्मी सुनुवारको अध्यक्षतामा भएको राष्ट्रिय सम्मेलनमा कोषाध्यक्ष शारदा सुनुवारले आर्थिक प्रतिवेदन र सचिव शोभा सुनुवार प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सुनुवार सेवा समाज संघीय समितिका अध्यक्ष रणवीर सुनुवारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सम्मेलनमा माननीय दालकुमारी सुनुवार, सुनुवार महिला समाज (सुमस)का पूर्व अध्यक्ष विमला सुनुवार, सहसचिव रामप्यारी सुनुवार, महिला महासंघका सचिव सावित्री चेपाङ, आङ्गिक संस्था सुनुवार विद्यार्थी समाज (सुविस) महासचिव वीरबहादुर सुनुवार, सुसेस संस्थापक सदस्य प्रेम हाँवालीलगायतको आतिथ्यता रहेको थियो ।

निर्वाचन समितिमा समीर मुखिया सुनुवार (संयोजक) तथा मनु सुनुवार र कोइँचबु काःतिच सदस्य रहेका थिए । कार्यक्रममा नव निर्वाचित कार्यसमितिलाई सुमस निवर्तमान अध्यक्ष लक्ष्मी सुनुवारले बधाई ज्ञापनसहित सपथ ग्रहण गराइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *