

उपत्यकामा थप १ सय ३८ जनामा संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा थप १ सय ९ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौं जिल्लाका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा काठमाडौंका १ सय ९ जना नयाँ संक्रमित देखिएका छन् । त्यस्तै ललितपुरमा २१ जनामा संक्रमण देखिएको छ भने भक्तपुरमा ८ जना नयाँ संक्रमित देखिएका छन् ।
यसबाट उपत्यकामा पछिल्लो २४ घन्टामा १ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर ४ सय ८४ जना नयाँ संक्रमित थपिएका छन् ।