

खुल्यो उपत्यका, अधिकांश क्षेत्र खुल्दा यी हुन् उपत्यकामा बन्द हुने क्षेत्र (सूचनासहित)

काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबारदेखि सबै नम्बर प्लेट भएका सवारी साधन चल्न पाउने भएको छ।
स्वास्थ्य मापदण्ड अपनाएर सवारी साधन चलाउन पाउने निर्णय भएको बताइएको छ। लक डाउनलाई अझ सहज बनाउँदै यस्तो निर्णय गरिएको बताइन्छ।
यस्तै सफा टेम्पो र निलो माइक्रोबसको हकमा तेर्सो सिटमा ४/४ जना र चालक छेउमा एक जना यात्रु राख्न पाइने छ । तर सवारी साधनको मध्य भागमा दुई तर्फका यात्रु छुट्याउने गरी प्लस्टिकको छेकबार लगाउनुपर्ने मापदण्ड तोकिएको छ ।
अधिकांश क्षेत्र खुल्ला गरिए पनि स्थानीय प्रशासनले सभा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, दोहोरी, नाचघर, क्लब, मनोरञ्जन स्थल, ब्युटी पार्लर, फुटसल, जिमखाना, पुस्तकालय, चिडियाखाना, रंगशालामा हुने दर्शकसहितको खेलकुद र भीडभाड हुने कार्यक्रम गर्न भने रोक लगाएको छ ।
सूचनाः