देशभर थप २५५२ कोरोनामुक्त हुँदा १६०३ थपिए, २७ को मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा १६०३ जनामा कोरोना संक्रमित थपिएका छन् । देशभरका विभिन्न प्रयोगशालामा गरिएका परिक्षणमा उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा पीसीआर विधिबाट ४८७३ जना र एन्टीजेन विधिबाट ३२५६ जना गरी जम्मा ८१३२ जनाको कोरोना परिक्षण गरिएको छ ।

नेपालमा पछिल्लो २४ घन्टाका २५५२ जना कोरोनामुक्त भएका छन् ।

नेपालमा हालसम्म ६ लाख ८२ हजार ७ सय ३९ जना संक्रमित पुगेका छन् ।

पछिल्लो २४ घन्टामा २७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म ९ हजार २ सय ३४ जनाको मृत्यु भएको छ ।