

देशभर थप ४०२० जनाले जिते कोरोना, ४४ को मृत्यु, थप २७६८ जनामा संक्रमण पुष्टी

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ७६८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३ हजार ३७ जनाको कोरोना परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पोजेटिभ देखिएको हो ।
त्यस्तै पछिल्लो २४ घन्टामा ४ हजार २० जना कोरोनामुक्त भएका छन् भने कोरोनाबाट ज्यान गुमाउने ४४ जना रहेका छन् ।
यससँगै हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ५ लाख ४९ हजार ६ सय ८२ पुगेका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ६ सय ४१ पुगेको छ ।