

उपत्यकामा लागू भएकाे निषेधाज्ञामा केके खोल्न पाइन्छ ? (पूर्णपाठसहित)

काठमाडौं – काठमाडौं उपत्यकामा आजदेखि एक साता निषेधाज्ञा थपिएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको एक अधिकारीले बताए ।
यसै गरी थपिएको निषेधाज्ञामा केही प्रावधान खुकुलो पारिएका छन् । अब उपत्यकामा खाद्यान्न पसलहरू ११ बजेसम्म खुल्नेछन् भने अनलाइन डेलिभरी सुरु हुने भएको छ ।
यस्तै पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न दिने, अपराह्न ४ बजेपछि हार्डवेयर पसल खोल्न पाइने, कृषि कार्य सञ्चालन गर्न दिने र भिसा लिनका लागि सहजीकरण गर्न दिने भएको छ ।
पूर्णपाठ: