कोरोना संक्रमितले यी अस्पतालबाट निःशुल्क उपचार पाउने (सूचीसहित)



काठमाडौं – सरकारले देशका विभिन्न जिल्लास्थित निजी अस्पताल तथा मेडिकल कलेजमा कोरोना संक्रमितको उपचार निःशुल्क उपचार गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात प्रदेशका ३० निजी अस्पताल तथा मेडिकल कलेजसँग कोरोना संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेको मन्त्रालयका सह–प्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।

आइसोलेसनमा प्रतिदिन प्रतिव्यक्ति ३५ सय, मध्यम जटिल केशका बिरामीको उपचारका लागि ७ हजार र आईसीयू तथा भेन्टिलेटरमा उपचारका गर्नेलाई १५ हजारका दरले सोधभर्ना बापत अस्पताललाई मन्त्रालयले दिने छ ।

मन्त्रालयसँग सम्झौता गरेका ३० अस्पतालहरुले संक्रमितको उपचारको खर्च विवरण स्वास्थ्य मन्त्रालयलाई बुझाउनुपर्ने हुन्छ ।

हेर्नुहाेस् कोरोनाको निःशुल्क उपचार हुने अस्पतालको सूची