

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं – ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइँदैछ।
कोरोना भाइरसको जोखिम कायम रहेकै अवस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी औषधि खुवाइँने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कार्यक्रममा ६ देखि ५९ महिना सम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइँनेछ । १२ देखि ५९ महिनाका बालबालिकालाई भने जुकाको औषधि पनि खुवाइने मन्त्रालयले जनाएको छ।