

प्रहरीका १२६ असईको सरूवा, को-कहाँ पुगे ?

काठमाडौं । नेपाल प्रहरीका प्राविधिक समूह अन्तर्गत ईन्जिनियरिङ उपसमूह सञ्चारतर्फका प्रहरी सहायक निरीक्षक (असई) हरुको सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले बुधबार १२६ जना असईहरुको सरुवा गरेको हो ।
आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले चैत महिनाको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
साथै उल्लेखित व्यहोरा अवगत गर्नु भई आवश्यक कारवाही गर्नु गराउनु हुन सम्बन्धित कार्यालयहरुलाई निर्देशन दिइएको छ ।