नुवाकोटमा भिरबाट लडेर एकको मृत्यु



काठमाडौं – नुवाकोटमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

तादी गाउँपालिका-२ दाहालचोक बस्ने ६० वर्षीय अर्जुन दाहाल भन्ने चन्द्र बहादुर दाहालको सातबेशीबाट दाहालचोकतर्फ घर जाने क्रममा स्थानीय कुवापानी भिरबाट लडेर मंगलवार बिहान मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।