बिहानै भूकम्पको धक्का महसुस, केन्द्रबिन्दु म्याग्दी



काठमाडौं  । शनिबार बिहान म्याग्दी केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

बिहान ३ बजेर १४ मिनेट जाँदा  म्याग्दीको मुरी केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का म्याग्दीसहित आसपासका जिल्लामा महसुस भएको बताइएको छ ।

पछिल्लो समय नेपाल, भारत र पाकिस्तानका विभिन्न क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प जानेक्रम बढेको छ ।