

सशस्त्र डिएसपी गैरेलाई दुई सम्मान

काठमाडौं । २४ औं सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी नायब उपरिक्षक (डिएसपी) एवं संगीतकार सुरेश गैरै दुई सम्मानबाट सम्मानित भएका छन् ।
राजधानीमा आयोजित सशस्त्र प्रहरी दिवस विशेष कार्यक्रममा डिएसपी गैरे “APF कला साहित्य सम्मान”तथा “APF IG Commendation” बाट सम्मानित भएका हुन् । उनलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठनको स्थापना दिवसका अवसरमा आयोजित विशेष कार्यक्रमबीच उक्त सम्मानसहित सम्मानित गरेका हुन् ।
संगठनमा योग्य र उत्कृष्ट कर्मचारीका रुपमा रहँदै आएका डिएसपी गैरे यसअघि सशस्त्रका विभिन्न कोर्षहरुमा पनि उत्कृष्ट रहँदै आएका छन् । साहित्य र संगीत सिर्जनामा पनि उत्कृष्ट रहेका गैरेले सशस्त्र सेवाका अलावा नेपाली सांगीतिक क्षेत्रमा उत्कृष्ट सिर्जनाहरु पस्कँदै आएका छन् ।