

एमालेका केन्द्रीय सदस्य मल्ल पक्राउ

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन् ।
चेक अनादर सम्बन्धी कसुरमा जाहेरी परेपछि मल्ललाई पक्राउ गरिएको हो ।
युवा संघकै एक जना नेतासँग लेनदेनको विषयलाई लिएर जाहेरी परेको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले बतायो ।
उक्त जाहेरीमाथि अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार, २० लाख ५० हजार रुपैयाँ बराबरको चेक बाउन्स भएपछि प्रहरीसम्म उजुरी परेको थियो ।
चेक बाउन्स भएको घटनामा दुई पक्षबीच जुनसुकै चरणमा पनि मिलापत्र हुनसक्छ । त्यसैले दुवै पक्षलाई राखेर छलफल गराइराखिएको प्रहरीले जनाएको छ ।