

एसएसपी बढुवा निस्कियो, यी २५ एसपी भए सिफारिस (नामसहित)

काठमाडौं । नेपाल प्रहरीको जनपथतर्फ २५ प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ ।
गृहसचिव गोकर्णमणि दुवाडीको अध्यक्षतामा सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले २५ एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।
प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) को प्रावधानअनुसार सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बढुवा सिफारिसमा पहिलो नम्बरमा एसपी रमेश थापा भएका छन् । त्यसपछि क्रमशः दोस्रो, तेस्रो, चौथो, पाचौं, छैठौं, सातौ नम्बरमा अजय केसी, अनुपम शमशेर जबरा, वीर बहादुर बुढामगर, नवराज अधिकारी, कृष्ण कोइराला र होबिन्द्र बोगटी बढुवा भएका छन् ।
नेपाल प्रहरीमा उक्त बढुवाको लागि गृहसचिवको अध्यक्षतामा प्रहरी महानिरीक्षक सदस्य र प्रहरी अतिरिक्त महानिरीक्षक दुर्गा सिंह सदस्य सचिव रहेको सिफारिस समिति थियो ।