

एआईजी बढुवाका लागि यी दुई डिआईजी भए सिफारिस (सिफारिससहित)

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सिफारिस गरेको छ।
बुधबार बढुवा समितिको बैठकले डिआइजी कुबेर कडायत र रविन्द्र केसीलाई एआइजी बढुवामा सिफारिस गरेको हो। उनीहरु हालका प्रहरी महानिरीक्षक (आइजीपी) वसन्त कुवरका ब्याचमेट हुन् ।
कडायत प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् भने केसी नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा निर्देशनालयमा कार्यरत छन् ।