

उपत्यका प्रहरी प्रमुखमा एआईजी तामाङ

काठमाडौं । अतिरिक्त महानिरीक्षक (एआईजी) टेक बहादुर तामाङको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भएको छ ।
मन्त्रिपरिषद्को मंगलबारको बैठकले तामाङलाई अपराध अनुसन्धान विभाग (सीआईडी) प्रमुखबाट काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सरुवा गर्ने निर्णय गरेको जनाइएको छ ।
यसअघि उपत्यकाको सुरक्षा कमाण्ड सम्हालेकी एआईजी किरण बज्राचार्य अवकाशमा गएसँगै रिक्त रहेको स्थानमा तामाङको सरुवा गरिएको हो ।