

वीरगञ्जबाट १६० किलो गाँजासहित २ जना पक्राउ

पर्सा । प्रहरीले मालबाहक ट्रकबाट १६० केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ट्रकका धनीसमेत रहेका मकवानपुरका ४४ वर्षीय कृष्ण घलान र चितवनको राप्ती नगरपालिकाका २० वर्षीय राजाल विश्वकर्मा रहेका छन्।
परवानीपुरबाट वीरगन्जको ड्राइपोर्टतर्फ आउँदै गरेको ना.३ ख ४२१२ नम्बरको ट्रकबाट प्रहरीले उक्त गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
ट्रकलाई वीरगन्ज महानगरपालिका–१८ भवानीपुरमा प्रहरीले रोकेर चेकजाँच गर्दा ट्रकको हुटमा फल्स बटम बनाएर लुकाएर राखिएको १६ वटा पोकामा रहेको १ क्वीन्टल ६० केजी गाँजा बरामद भएको हो।
ट्रकबाट गाँजा बरामद भएपछि त्यसका चालक एवं गाडीधनी घलान र त्यसमा सवार विश्वकर्मालाई ट्रकसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।