

प्रहरीका एक सईसहित यी २८ कर्मचारी बेपत्ता, ७ दिनभित्र सम्पर्कमा नआए जागिर चट् !

काठमाडौं । नेपाल प्रहरीमा कार्यरत एकजना सईसहित २८ कर्मचारी सम्पर्कविहीन बनेका छन् ।
केही समयदेखि आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा सम्पर्कमा नआएको भन्दै प्रहरी प्रधान कार्यालयको कानुन शाखाले सोमबार ७ दिने सूचना निकालेको छ ।
७ दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा नआएमा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाउने कार्यालयले जनाएकाे छ ।
सूचनाः