प्रहरीका यी ८ एसएसपी हुने भए डिआईजी (नामसहित)

काठमाडाैं । नेपाल प्रहरीका ८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्।

आइतबार बसेको बढुवा समितिको बैठकले जनपदतर्फ रिक्त ८ डीआईजीमा बढुवाका लागि सिफारिस गरेको बढुवा समितिका सदस्य सचिव एआईजी टेकप्रसाद राईले जानकारी दिए।

जसअनुसार पहिलो नम्बरमा ध्रुबराज राउत, दोस्रोमा भोलाबहादुर रावल, तेस्रोमा गणेश चन्द, चौथोमा सिद्धिविक्रम शाह, पाँचौमा सुशील सिंह राठौर, छैटौंमा उमाप्रसाद चतुरवेदी, सातौंमा हिमालय कुमार श्रेष्ठ र आठौंमा डम्बर बहादुर बिक रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *