

बागलुङ सदरमुकाम आउँदै जीप दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु

पोखरा । बागलुङको जैमिनी नगरपालिकामा सोमबार बिहान जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।
प्रहरीका अनुसार जैमिनी नगरपालिका–८ छिस्तीबाट सदरमुकाम बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ नम्बरको पीकअप भ्यान जीप जैमिनी–७ जैदीको व्यार्थला नजिकै दुर्घटना हुँदा चालकसहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
जीप सडकदेखि करिब एक सय मिटरभन्दा तल खसेको प्रहरीले जनाएको छ । प्रहरीले मृतकको पहिचान खुल्न बाँकी रहेको र दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।