

पापी बाउ, जसले गरे १४ वर्षीय छोरीलाई २ वर्षदेखि बलात्कार

चितवन । चितवनमा आफ्नै १४ वर्षक छोरीमाथि पटकपटक बलात्कार गरेकाे अभियोग एक बाबु पक्राउ परेका छन् । भरतपुर महानगर घर भएका उनीमाथि छोरीलाई दुई वर्षदेखि बलात्कार गर्दै आएको अभियोग छ ।
मादक पदार्थ सेवन गरी श्रीमतीलाई पटक पटक कुटपिट गदै आएका बुवाले श्रीमतीले शारीरिक सम्पर्क गर्न नमान्दा छोरीलाई जबरजस्ती गरेको प्रहरीमा बयान दिएका छन् । बुवाले मारिदिन्छु भन्ने धम्की दिएको कारण कसैलाई भन्न नसकेकी बालिकाले अन्तिम पटक बुवाले बलात्कार गरेको सात महिनापछि यहि असोजमा मात्रै आमालाई भनेकी थिइन् । त्यसपछि दाजुले चितवन प्रहरीमा जाहेरी दिएका थिए ।
गत असोज ६ गते चितवन प्रहरीले जाहेरी प्राप्त गरेपछि बाबुलाई हिरासतमा लिएको थियो । अनुसन्धान प्रक्रिया सम्पन्न गरि प्रहरीले हाडनाता करणी कसुरको अभियोग लागाएर कात्तिक १ गते चितवन अदालतमा मुद्दा दर्ता गरेकाे छ ।