

नेपाल प्रहरीको एआईजीमा २ जनाको बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका दुईजना प्रहरी नायव महानिरीक्षक (डिआईजी ) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गरिएको छ ।
आइतबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूहका डा. सुन्दर प्रसाद ह्योजु र जनपद प्रहरी समूहतर्फका किरण राणालाई एआईजीमा बढुवा सिफारिस गरेको हो ।
प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस सूची प्रकाशित गरिएको बताइएको छ ।
डा. ह्योजु नेपाल प्रहरी अस्पताल महाराजगंजमा कार्यरत छन् भने राणा केन्द्रिय अनुसन्धान व्यूरो लाजिम्पाटमा कार्यरत रहेका छन् ।