

उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना

काठमाडौं – नेपालमा अझै पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले बताएका छन् । आज (शुक्रबार) काठमाडौं बाहेक पहाडका एक–दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ ।
काठमाडाैं र आसपास क्षेत्रको मौसम भने दिनभर सफा रहने र बेलुकीतिर आंशिक बद्लीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिएका छन् ।
अहिले प्रदेश–१ र प्रदेश–२ लगायत देशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । अरु क्षेत्रको मौसम भने सफा रहेको मौसमविद्ले बताएका छन् ।