

‘सक्किगोनि’का ‘इन्स्पेक्टर’ शर्मासहित ११ जुवाडे पक्राउ

काठमाडौं । ‘सक्किगो नि’ टेलिभिजन शृंखलाका कलाकार पुरुषोत्तम शर्मा जुवाखालबाट पक्राउ परेका छन् । उनी गौरीघाटस्थित एक घरबाट एमालेका पूर्वमन्त्रीसहित पक्राउ परेका हुन् ।
कोशी प्रदेशका एमालेका पूर्वमन्त्री तथा बुद्धि कुमार राजभण्डारीसहित ११ जनालाई प्रहरीले जुवा खेल्दै गरेको १ लाख नगदसहित शनिबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा प्रदेश सांसद तथा कोशी प्रदेशका पूर्वमन्त्री बुद्धि कुमार राजभण्डारी, सोलुखुम्बुको सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष बिर बहादुर राई र कलाकार पुरुषोत्तम शर्मासहित ११ जना छन् । शर्मा टेलिसिरियल ‘सक्किगो निँ’ मा इन्स्पेक्टरको भूमिकामा रहेका छन् ।
पक्राउ पर्नेहरुमा उत्तम कुमार राई, अनिश तामाङ, ठुला तामाङ, दिपक खड्का, भिम बहादुर साम्बाहाम्फे, रवि श्रेष्ठ, राजु महत र माधव थापा छन् ।