

सर्लाहीको बयलबासमा जोडी गोरुको प्रतिमा

सर्लाही – सर्लाहीको ईश्वरपुर नगरपालिका वडां. ६ को बयलबास बजारमा जोडी गोरुको प्रतिमा स्थापना गरिएको छ ।
सुरुमा महेन्द्रबजारबाट चिनिने गरेको यस बजारलाई गोरु किनबेचको थलो भएकै कारण बयलबासका नामले चिनिन थालेको छ ।
पहिले पहिले टाढा–टाढाबाट गोरु खरिद गर्नका लागि आउने गर्ने परम्परा थियो । नगरपालिकाले परिश्रमी जनावार गोरुको प्रतिमा स्थापना गरेपछि अहिले उक्त बजारको पहिचान नै फेरिएको स्थानीय जनाउँछन् ।
बयलबास बजारमा स्थापना गरिएको उक्त प्रतिमाको अनावरण गर्दै मेयर मनोजकुमार आचार्यले प्रतिमाको संरक्षण स्थानीय बजारबासीले गर्नुपर्ने जनाउँदै नगरपालिकाले आगामी दिनमा यस क्षेत्रमा उद्यान निर्माणका लागि बजेट विनियोजन गरिसकेको समेत जनाए ।
मेयर आचार्यले स्थानीय स्थानहरुको पहिचान र संस्कृतिको संरक्षण र सम्बद्र्धनका लागि नगरपालिकाले सधैं काम गरिरहने प्रतिबद्धता जनाउँदै स्थानीय बजारबासीले पनि नगरपालिकालाई सहयोग गर्नुपर्ने जनाए ।