

यस्तो छ हेलिकोप्टर दुर्घटनास्थलको पछिल्लो तस्बिरहरू

काठमाडौं । नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुँदा एक जना नेपाली र चार जना चिनियाँ नागरिकको मृत्यु भएको छ।
काठमाडौंबाट रसुवाको स्याप्रुवेशीतर्फ उडेको एयर डाइनेष्टीको नाइन एन-एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको हो।
यो हेलिकप्टर काठमाडौंबाट १ बजेर ५४ मिनेटमा उडेको थियो। उडेको तीन मिनेटपछि हेलिकप्टर सम्पर्कविहीन भएको थियो।
हेलिकप्टरका पाइलट नेपाली नागरिक हुन् भने चार जना यात्रु चिनियाँ नागरिक हुन्।