

बागलुङको बडिगाडमा पहिरोमा परी ८ को मृत्यु

काठमाडाैं । बागलुङमा पहिरोले पुरिएर छुट्टाछुट्टै ठाउँमा ८ जनाको मृत्यु भएको छ ।
बडिगाड गाउँपालिका वडा नम्बर १० दर्लिममा ६ जना र वडा नम्बर ९ को बलघाँसमा २ जना गरी ८ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।
मृत्यु हुनेमा बडीगाड गाउँपालिका १० की ७ वर्षीया मालती बुढा, ७ वर्षीया मधु बुढा, सञ्जु विककी ६ महिने नाबालिका छोरी, १३ वर्षीय मनोज बुढा, अन्दाजी १२/१३ वर्षका अमन बुढा र ५९ वर्षीय मैतीदेवी विक रहेकी छिन् ।
यस्तै वडा नम्बर ९ का १५ वर्षीय विधान परियार र गंगा विकको मृत्यु भएको छ ।
घाइते हुनेमा संगीता बुढा, सुमित्रा विक, सीता थापा र मंगलसिंह बुढा रहेका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।