मनिषरत्न शाक्य, जसले उडाएका थिए साैर्य एयरको १९ सवार जहाज

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ।

जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष रत्न  शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको छ । अहिले सौर्य एयरलाइन्सको जहाजमा लागेको आगो निभाउन उद्धार टोली सक्रिय रहेको छ ।

जहाजमा आगो लागे लगत्तै विमानस्थलभित्र उद्धार टोली र प्रहरी परिचालित भएका थिए ।

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना भएको खबर आएको छ।

बुधबार बिहान करिब ११ बजे जहाज दुर्घटनामा परेको थियो।

जहाजमा यात्रारत १५ जनाको शव फेला परिसकेको उद्धारमा खटिइरहेको नेपाली सेनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *