

अपडेट: केही व्यक्तिको शव निकालियो, सौर्यका आफ्नै कर्मचारी थिए जहाजमा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका केही व्यक्तिको शव निकालिएको छ ।
विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो ।
उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना सौर्यकै कर्मचारी रहेका थिए ।
सो मध्यै उद्वारकर्ताले केही व्यक्तिको शव बाहिर निकालेका छन् ।
प्रत्यक्षदर्शीका अनुसार जहाजको इन्जिनको भाग रन-वे क्षेत्रबाट उछिट्टिएर तल्लो भागमा झरेको छ ।
उनका अनुसार अनुसार जहाज टुक्रा टुक्रा भएको छ ।