स्याङ्जा जिल्ला अस्पतालमा बच्चाका लागि सघन उपचार सेवा



स्याङ्जा । जिल्ला अस्पताल स्याङ्जाले आइतबारदेखि शिशु तथा बालरोग सघन उपचार सेवा सुरु गरेको छ ।

गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले उपचार सेवाको शुभारम्भ भएको औपचारिक घोषणा गर्दै सघन कक्षको उद्घाटन गरेका हुन् ।

पुतलीबजार नगरपालिका ३ स्थित जिल्ला अस्पताल स्याङ्जामा शिशु÷बालरोग सम्बन्धी सघन उपचार सेवा शुभारम्भ गर्दै विपन्न परिवारको मुख्य उपचारको गर्न आउने सरकारी अस्पतालले सेवाग्राहीलाई छिटो, छरितो र प्रभावकारि सेवा दिनु पर्ने बताए ।
प्रदेश सरकारले स्तरोन्नती सहित थप सेवाका लागि बजेट बिनियोजन गरेको जानकारी गराउँदै आउँदा दिनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

अस्पतालबाट उपलब्ध हुने सबै सेवा सुबिधा उपलब्ध गराउन सुझाव दिदै करारमा कार्यरत चिकित्सक तथा कर्मचारीका आउने मन्त्रिपरिषद बैठकबाट सेवा अवधी म्याद थप गर्ने बताए ।

सोही कार्यक्रममा पूर्वमन्त्री सीता सुन्दास, लेखा समिति संयोजक एवं सांसद सुधिर पौडेल, सांसद महेश भट्टराई, जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद घर्ति, स्वास्थ्य सचिव डा। बिनोदबिन्दु शर्मा, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल लगायतले अस्पताले पछिल्ला समयमा गरेको सेवाप्रवाह सन्तोषजनक रहेको बताउदै अझ विस्तार एवं सुधार गर्दै लानु पर्ने आवश्यकता औल्याए ।

अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष ईन्द्रबहादुर गोदारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अस्पताल प्रमुख डा. शुशिल मरासीनीले स्वागत एवं प्रशासन शाखा प्रमुम राजेश पौडेल कार्यक्रम संचालन गरेका थिए ।
कार्यक्रममा मेसु एवं अस्पताल प्रमुख डा. सुशिल मरासीनी, डा. बिनोद गैह्रेले शिशु तथा बालरोग सघन उपचार सेवाका लागि आवश्यक उपचारपद्धती, जनशक्ति, उपकरण सहितका बारेमा कार्यपत्र मार्फत जानकारी गराए ।

शिशु तथा बालरोग सघन उपचार सेवा सुरु भएसंगै स्याङ्जाबाट उपचारका लागि पोखरा, काठमाडौं जस्ता ठूला तथा सम्पन्न अस्पताल जान नपर्नेगरी सेवा दिईने अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष ईन्द्रबहादुर गोदारले बताउदै अस्पतालसम्म आउने सडक निर्माण सहित अस्पतालको स्तरोन्नतीका कार्य छिटो गरिनुपर्नेमा जोड दिए ।