

प्रहरीका २९३ प्रहरी सहायक हवल्दारहरुको पदस्थापन, को-कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीका २९३ जना प्रहरी सहायक हवल्दारहरुको पदस्थापन भएको छ ।
प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फका हालै प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा बढुवा भएका २९३ जना सहायक हवल्दारहरुको बुधबार पदस्थापन गरेको हो ।
उनीहरु प्रहरी उपरीक्षकको असार १ गतेको निर्णयानुसार प्रहरी सहायक हवल्दार पदमा बढुवा भएका थिए । उनीहरुलाई प्रचलित नियम बमोजिम तलव, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
साथै दर्ज्यानी चिन्हद्धारा सु-शोभन समेत गराउन हुन पनि सम्बन्धित कार्यालयहरुलाई अनुरोध गरिएको छ ।
सूचीसहितः