

मुग्लिङ-नारायणगढ खण्डको सिमलतालमा २ यात्रुबहाक बस पहिरोले बगायो

काठमाडौं । मुग्लिङ-नारायणगढ सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालबाट दुईवटा यात्रुबाहक बस पहिरोले बगाएको छ ।
सडकमाथिबाट खसेको पहिरोले २ बस बगाएको जनाइएको छ ।
ती बस बिहान साढे ३ बजे तिर बगाएको जनाइएको छ । एउटा बस विरगञ्जबाट आउँदै गरेकाे र अर्को काठमाडाैंबाट फर्किएकाे यात्रुबाहक बस भन्ने बुझिएकाे छ ।
सो बसका ३ जना यात्रु सकुसल रहेको पनि जनाइए पनि पुष्टी भने हुन सकेको छैन । बसमा ५० भन्दा बढि रहेकाे बुझिए पनि थप विवरण भने प्राप्त हुन नसकेको सामाजिक सञ्जाल मुग्लिङ बजार पेजमा जनाइएको छ ।