

ग्राहकको मागअनुसार यौन व्यवसायका लागि युवती पठाउने सन्ध्या पक्राउ

काठमाडौं । महिलाहरुलाई महिलाहरुलाई जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा विराटनगरबाट एक महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका– ८ गरामनी घर भई विराटनगरमा बस्दै आएकी २४ वर्षीया सन्ध्या चुँडाल छन् ।
विराटनगरको नयाँ गुद्री बजारमा भाडामा लिएको फ्ल्याटमा राखेर महिलालाई जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा उनी पक्राउ परेकी हुन् ।
प्रहरीले विराटनगर –११ नयाँ गुद्रीबजारस्थित फ्ल्याटबाट ६ जना महिलाको उद्धार समेत गरेको छ ।
उनीहरु काठमाडौं, काभ्रेपलाञ्चोक, स्याङ्जा र उदयपुरका १÷१ जना र झापाका २ जना रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
चुँडालको समूहले अवैध यौन व्यवसाय चलाइरहेका खुलेको छ । उनको समुहले होटलमा तथा ग्राहकले भनेको ठाउँमा महिलाहरुलाई यौन व्यवसायका लागि पठाउने गरेका थिए ।
चुडालको समुहका एकजना फरार छन् ।