

नेपाल प्रहरीमा जागिर खान यी ९४ ले निकाले नाम, को-को भए पास ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीको कार्यालय सहयोगीहरुको नतिजा प्रकाशित गरिएको छ ।
प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभागका अनुसार नेपाल प्रहरीभित्रका कार्यालय सहयोगी (भान्छे, हजाम, कुचीकार र खेलाडी) हरुको अन्तिम नतिजा प्रकाशित भएको हो । चार पदमा जम्मा ९४ जनाले नाम निकालेका छन् ।
नतिजाअनुसार भान्छेमा ५३ जनाले नाम निकालेका छन् भने हजाममा ७ जनाले नाम निकालेका छन् ।
त्यस्तै कुचीकारमा २० जनाले नाम निकाल्दा खेलाडीमा १४ जनाले नाम निकालेका छन् ।
सूचनाअनुसार नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारहरुले आफ्ना सम्पूर्ण सक्कल कागजात र ५ प्रति पासपोर्ट साइजको फोटोसहित साउन १ गते सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।
नतिजाः