प्रहरी हवल्दार नेपाली, जो परे सुनकाण्डमा लाखौं लिएको आरोपमा सिआइबी फन्दा

काठमाडौं ।  काठमाडौंमा विमानस्थलबाट सुन तस्करी गर्ने गिरोहसँग एक हवल्दार पनि मिलेको पाइएको छ। हवल्दारलाई प्रहरीले तस्करसँग मिलेको आरोपमा पक्राउ गरेको छ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत हवल्दार सुन्दर नेपालीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरेको हो।

स्रोतका अनुसार हवल्दार नेपालीलाई एक साताअघि नै पक्राउ गरिएको हो। विमानस्थलबाट ल्याइएको सुन एक समूहले लुटेको थियो। सो सुन फिर्ता गरिदिने भन्दै ती हवल्दारले लाखौँ रुपैयाँ लिएका थिए।

पैसा लिएर पचाउने प्रयास गरेपछि सुन तस्करी गर्ने समूहले विभिन्न निकायमा उजुरी गरेका थिए। सिआइबीले सूचना पाएपछि हवल्दारलाई पक्राउ गरी सुन तस्करी गर्ने तथा लुट्ने समूहमाथि अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *