

रोल्पामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु, ७ जना घाइते

काठमाडौं । रोल्पामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।
प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझीले पाँच जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा गरी जम्मा सात जनाको मृत्यु भएको पुष्टि भएको जानकारी दिए ।
लिवाङ जिल्ला अस्पतालमै रहेका प्रमुख जिल्ला अधिकारी रायमाझीले भने, ‘कुल १५ जना यात्रुहरुमध्ये सात जनाको मृत्यु भएको छ । चालकसहित ८ जना घाइते छन् ।’ दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि भैरहवा रिफर गर्ने तयारी भइरहेको छ । मृतकहरुको सनाखत नभएको उनले बताए ।
माडी गाउँपालिका २ घर्तीगाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुकी सडकबाट करिब ४०० मिटर तल खसेर दुर्घटना भएको थियो ।
पहिरो गएर बाटो बन्द भएको स्थानबाट अगाडि बढ्न नसकेपछि जिप रोकिएको र ब्याक गर्ने क्रममा भिरबाट तल खसेको प्रारम्भिक सूचना आएको प्रहरीले जनाएको छ ।