

पूर्वडीएसपी शर्मा ठगी मुद्दामा पक्राउ

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीएसपी केपी शर्मा पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनलाई पक्राउ गरेको हो ।
ठगीसम्बन्धि मुद्दाको अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको सिआइबी स्रोत बताउँछ ।
करिब नौ वर्षअघि अवकाश पाएका डीएसपी शर्मा सेवामा रहँदा पनि चर्चा र विवादमा आइरहने व्यक्ति हुन् ।