

यी नै हुन् प्रहरी जवान अजित गोले, जसले लिए प्रेमिकासँगको विवादपछि निधारमा गोली हानी आफ्नै ज्यान

काठमाडौं । संघीय संसद भवनभित्र सुरक्षार्थ खटिएका एक प्रहरी जवानले शौचालयमा गएर गोली हानी आत्महत्या गरेका छन् ।
बुधबार बिहान करिब ८ बजेतिर भएको घटनामा दोलखाको मेलुङ गाउँपालिका वडा नं. ४ जोरधारा स्थायी घर भई हाल संसद भवनको सुरक्षार्थ खटिएका प्रहरी जवान अजित गोले रहेको खुलेको छ ।
२०७६ सालदेखि नेपाल प्रहरीमा सेवा गर्दै आएका गोले हाल विशेष सुरक्षा दस्ता (एसटीएफ) मा कार्यरत थिए । २२ वर्षीय प्रहरी जवान अजितले दुई नम्बर गेटको शौचालायमा पसेर गोली हानी आत्महत्या गरेका थिए ।
बिहान ६ बजेदेखि १० बजेसम्मका लागि ड्युटीमा खटिएका गोले फोन गर्दागर्दै शौचालयमा पसेर निधारमा गोली हानेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
गोलेले मुलुककै सबैभन्दा संवेदनशील स्थानमा खटिएको सुरक्षाकर्मीले आफैंलाई गोली हानेर आत्महत्या गरेका छन् ।
उनलाई प्रेमिकाले धोका दिएपछि आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । उनकी प्रेमीका केही महिना अगाडि दुबई गएको खुलेको छ ।
प्रारम्भिक अनुसन्धानमा उनले पारिवारिक कारणले आत्महत्या गरेको खुले पनि थप अनुसन्धान पनि सुरु भइसकेको जनाइएको छ ।
उनको शव अहिले पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको प्रहरीले जनाएको छ ।