

इन्स्पेक्टर शिवाकोटीलाई ५ दिन म्याद थप, बलात्कार मुद्दामा अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । घरमा काम गर्न बसेकी किशोरीलाई बलात्कार प्रयास गरेको अभियोगमा पक्राउ परेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर शिवकोटीलाई ५ दिन हिरासतमा राख्न म्याद थपिएको छ । जिल्ला अदालत काठमाडौंले शिवाकोटीलाई बलात्कार मुद्दामा अनुसन्धान गर्नका लागि म्याद गरेको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत शिवाकोटी बुधवार साँझ पक्राउ परेका थिए । उनले आफ्नो घरमा बस्ने किशोरीलाई बलात्कार गरेको आरोप छ । काठमाडौँ महानगरपालिकाको टोली र प्रहरीले स्वयम्भू स्थित घरबाट किशोरीलाई उद्धार गरेका थिए ।
शिवाकोटीलाई प्रहरी वृत्त स्वयम्भूमा राखिएको छ ।